राप्रपाका सबै नेतालाई भूगोल केन्द्रित जिम्मेवारी

हिमाल प्रेस १२ असार २०८० ६:२१
2
SHARE
राप्रपाका सबै नेतालाई भूगोल केन्द्रित जिम्मेवारी राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सबै नेताहरूलाई भूगोल केन्द्रित जिम्मेवारी प्रदान गरी सात सय ५३ स्थानीय तहमा खटाउने निर्णय गरेको छ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा सोमबार केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश संयोजकको व्यवस्था गर्नुका साथै सबै प्रदेश संयोजक तथा भूगोल केन्द्रित नेताको जिम्मेवारीलाई छ महिनाको समयसीमा निर्धारण गरेको केन्द्रीय सदस्य सरस्वती अधिकारीले जानकारी दिइन्।

जेठमा सम्पन्न केन्द्रीय कार्यसमितिको निर्णयलाई पारित गरेको बैठकले भूगोलमा जाने नेताहरुले वडा तहबाटै संगठन गठन, पुनःगठनलगायत तोकिएका काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रदान गरेको छ।

बैठकमा ‘राप्रपा स् अब नवीन राप्रपा’ सम्बन्धी कार्ययोजनालाई थप व्याख्या तथा विस्तृत कार्यक्रमका रुपमा लागू गर्नका लागि आवश्यक छलफल गरिएको थियो। पार्टी गतिशील बनाउन सो कार्ययोजना ल्याइएको बैठकमा बजेट अधिवेशन, पार्टीको संगठन सुदृढीकरण, कृयाशील सदस्यता वितरण, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा पनि थप छलफल गरिएको थियो।

प्रकाशित: १२ असार २०८० ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast