कञ्चनपुरका आरक्षपीडितबारे सांसद तामाङले गराए सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ११ असार २०८० १९:३२
54
SHARES
कञ्चनपुरका आरक्षपीडितबारे सांसद तामाङले गराए सरकारको ध्यानाकर्षण

काठमाडौँ- नेकपा एमालेका सांसद तारालामा तामाङले कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २०५८ सालमा विस्थापित आफ्नाे पुनर्स्थापना र क्षतिपूर्ति माग्दै दुई महिनादेखि काठमाडौँमा भौतारिरहेका बेला सांसद तामाङले प्रतिनिधिसभाको शून्य समयमा सोमबार उक्ता विषय उठाएका हुन्।

‘कतिपटक उठाउनुपर्ने हो, कञ्चनपुरका आरक्षपीडितहरू अहिले पनि काठमाडौँमा भौतारिराखेका छन्। सरकारले चासो दिएको छैन। यसतर्फ छिटो ध्यान जाओस्,’ उनले भने।

आरक्ष विस्तारका क्रममा आफ्नो घरखेत खोसिएपछि २२ वर्षदेखि सडक किनारमा शिविरमा बस्दै आएका पीडितहरूको टोली काठमाडौँ आएर पछिल्लो दुई महिनामा प्रधानमन्त्री, परराष्ट्र, वनमन्त्री, विभिन्न दलका नेताहरूलाई भेटेर समस्या समाधानका लागि आवाज उठाए पनि सरकारले कुनै ठोस कदम चालेको छैन।

आरक्षपीडित संघर्ष समितिका सचिव प्रेमदत्त भट्टले राज्य सञ्चालकबाट आश्वासन धेरै पाए पनि आफूहरूको माग सम्बोधनमा कसैले ध्यान नदिएको गुनासो गरे। सांसद तामाङले कञ्चनपुरको दोदा नदीमा २०६५ मा आएको भीषण बाढीबाट विस्थापितहरूको अझैसम्म पुनर्स्थापना नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।

‘बारम्बार आवाज उठाए। तर बाढीबाट विस्थापित भएर जंगलको किनारामा बसेका राना थारु र पहाडी बस्ती अझै सरकारले व्यवस्थित गर्न सकेको छैन,’ उनले भने, ‘साथै लालझाडी, बेलौरी र पूर्नवासको केही वडाहरू पुरै डुबानमा पर्छन्। यसको समाधान गरियोस्। बाढी पहिरोबाट पीडितहरूका लागि सरकारले उचित ध्यान दियोस्।’

प्रकाशित: ११ असार २०८० १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast