सफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ सम्पन्न

हिमाल प्रेस ११ असार २०८० १५:२२
2
SHARE
सफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ सम्पन्न

काठमाडौँ- सफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ कार्यक्रम सम्पन्न भएको छ। कलेजले ‘ह्याक द बक्स’सँगको सहकार्यमा उक्त कार्यक्रम गरेको थियो।

साइबर सुरक्षा, योग्यता र सोसम्बन्धी ज्ञान बढाउन अवसर प्रदान गर्न कार्यक्रम आयोजना गरिएको कलेजले जानकारी दिएको छ। कार्यक्रममा सहभागी विद्यार्थीले विश्वसँग मिल्ने साइबर सुरक्षालगायत ह्याकर र डिफेन्डरसम्बन्धी जानकारी पाएका थिए।

त्यसले विद्यार्थीको सोच्ने र सीप विकास गर्ने अवसर पनि पाएका कलेजको भनाइ छ। कार्यक्रममा १५० जनको सहभागिता थियो। कार्यक्रममा ह्याक द बक्स मिटअप मेन्टरहरू शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समीप पोखरेलको उपस्थिति थियो। उनीहरूले सहभागीहरूलाई सीटीएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीप सिकाएका थिए।

प्रकाशित: ११ असार २०८० १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast