पुँजी निर्माण कसरी हुन्छ?

हिमाल प्रेस ९ असार २०८० १२:५१
24
SHARES
पुँजी निर्माण कसरी हुन्छ?

मूल्यको यकिन परिभाषा छैन। एक जना प्रमुख वित्त अधिकारी (सीएफओ) ले ‘मूल्य हेर्नेको नजरमा भर पर्छ’ भनी टिप्पणी गरेका छन्। संस्थाको सन्दर्भमा त्यसको स्थान, क्षेत्र, आकारले मूल्य निर्धारण गर्छ। यो चित्रले संस्थाको प्रक्रियाबारे चित्रण गरेको छ। जसले ग्राहक र सरोकारवालको फाइदाका लागि मूल्य शृंखला व्याख्या गरेको छ।

मूल्य संस्थाभित्रका धेरै तत्त्वको अन्तरक्रियाले तय भएको हुन्छ। यो कुरालाई इन्टरनेसनल इन्टिग्रेटेड रिपोर्टिङ काउन्सिल (आईआईआरसी)ले पुष्टि गरेको छ। संस्थाका विभिन्न बलिया तत्त्वको संयोजनले पुँजी निर्माण गर्दै आएको आईआईआरसीले जनाएको छ।

एसीसीएले धेरै सीएफओ सहभागी बनाएर गरेको अनुसन्धानले ‘मानव पुँजी’ लाई संस्थाका लागि सबैभन्दा बलियो आधार मानेको छ। यही पुँजीले थप पुँजी निर्माणको बाटो खोल्ने र संस्थाको मूल्य तह हुने अनुसन्धानको निष्कर्ष छ।

मानव पुँजीले संस्थाको समुन्नतिका लागि विभिन्न प्रक्रिया र शृंखलामा काम गर्छ। उनीहरूले आफू, आफ्नो परिवार नभनी व्यवस्थापकीय भूमिका खेलेका हुन्छन्। सबै खालका संस्थाहरू मूल्यमा आधारित हुँदैनन्। कति सामाजिक र अन्य उद्देश्यसहित खोलिएका हुन्छन्। तर पुँजी भने सबैको हुन्छ।

धेरै सीएफओले संस्थाका मानव पुँजीले गरेको कामका आधारमा ग्राहकको संख्या निर्धारण हुने बताएका छन्। जुनसुकै प्रविधि भए पनि त्यसले मानव पुँजीको जसरी ग्राहकको संख्या बढाउन भूमिका खेल्न सक्दैन। संस्थामा हुने ग्राहकको दायरा एक उदाहरण भएको अनुसन्धानको निष्कर्ष छ।

परम्परागत रूपमै संस्थाहरू लगानीकर्ता र त्यसका अन्य सरोकारवालाको फाइदामा केन्द्रित हुने गर्छन्। तर कुनै पनि संस्था लामो समय चलाउनुछ भने लगानीकर्ताका साथै ग्राहक, कर्मचारी, समाज र नियामकीय निकायबीच अन्तरसम्बन्ध कायम गराउनैपर्छ। दीर्घकालीन योजना नबनाइकन आर्थिक, वातावरणीय तथा समानताका हिसाबले संस्था मानक हुन सक्दैन। त्यसले संस्थाको समग्र पुँजी धर्मराउन सक्छ। त्यस कारणले मूल्य निर्धारण गर्ने र रणनीति बनाउँदा विशेष ध्यान दिनुपर्ने सीएफओहरूको भनाइ छ।

पुँजी चक्रीय हुन्छ। संस्थाले निर्धारण गरेको मूल्य ग्राहकले समर्थन गर्छन् र त्यसको उपभोग गर्छन्। त्यही प्रक्रिया पूरा भएर फेरि संस्थामै आउँछ। कुनै पनि संस्थालाई अगाडि बढाउनको लागि सीएफओको भूमिका महत्त्वपूर्ण हुने भयो। यो अध्ययनमा अमूल्य समय र साथ दिएका सीएफओले वित्त व्यवस्थापनका साथै साधारण काममा पनि अन्य कर्मचारीलाई सघाएको बताएका छन्। अध्ययनमा सहभागी सीएफओहरूका अनुसार संस्थाभित्रको सबैभन्दा जटिल विभाग वित्त व्यवस्थापन हो। यसमा काम गर्ने कर्मचारीहरूसँग विशेष सीप र कौशल हुन जरुरी छ। मुख्यगरी वित्त विभागका कर्मचारीमा पैसा र पुँजी बुझ्ने क्षमता हुनुपर्छ।

सीएफओको फेरिँदो भूमिका

संसारभरका हरेक संस्थामा सीएफओको भूमिका वित्तसँग जोडिएको हुन्छ। सीएफओ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को नजिक रहेर काम गर्ने मध्येको एक प्रमुख पद हो।

वित्तको उचित परिचालन, व्यवस्थापन, सही ठाउँमा लगानी र खर्च भए संस्थाको दीर्घकालीन हित हुन्छ। जसले गर्दा लक्षित समूह र लगानीकर्ता दुवैले लाभ पाउँछन्। तर पछिल्लो समय ग्राहकको रोजाइ फेरिँदै गएको छ। प्रविधिको विकाससँगै आएका थुप्रै परिवर्तनको प्रभाव सीएफओको भूमिकामा पनि देखिएको छ। यसले गर्दा सीएफओले आफूलाई परिवर्तन गर्न आवश्यक देखिएको छ।

प्रकाशित: ९ असार २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =