काठमाडौँ- नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयनको बाटो खुलेपछि नागरिकताविहीन युवाले काठमाडौँको माइतीघरमा खुसी मनाएका छन्। सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि विधेयक कार्यान्वयनका लागि बाटोखुलेसँगै नागरिकताविहीन युवाले अबिर दलेर खुसियाली मनाएका हुन्।
नेपाली नागरिकलाई नागरिकताविहीन बनाएको भन्दै उनीहरूले केही समयदेखि माइतीघरमा विरोध प्रदर्शन गर्दै आन्दोलन गरिरहेका थिए। सर्वोच्चको आदेशसँगै उनीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगत गरेका छन्।
नागरिकताविहीन संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले सर्वोच्चको आदेश लाखौँ नागरिकताविहीन युवाको जीवन बचाउन महत्त्वपूर्ण कदम भएको बताए। ढिला भए पनि अदालतबाट न्याय पाएको र आशाको ज्योती जगाएको उनको भनाइ थियो।
बिहीबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउन २१ जेठमा डा. मनोजकुमार शर्माले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूको सन्तानले अब वंशजको आधारमा नागरिकता पाउन बाटो खुल्ला भएको छ।
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनका लागि बाटो खुला