सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

हिमाल प्रेस ७ असार २०८० १४:४५
10
SHARES
सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

काठमाडौँ– सभामुख देवराज घिमिरे र नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनबीच भेटवार्ता भएको छ। बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा उनीहरूबीच नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदानलगायतका विषयमा छलफल भएको हो।

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान प्रदान एवं भ्रमणहरूको स्मरण गरेका थिए। ‘विगतमा हाम्रा माननीयहरूले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो,’ उनले भने, ‘कोरियाली संसदमा उत्तर कोरिया–नेपाल संसदीय मैत्री समूह गठन भएको सुन्न पाउँदा खुसी लागेको छ।’

सभामुख घिमिरेले निकट दिनमा नै नेपालले नेपाल–उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिए। सभामुख घिमिरेले नेपालले कोरियाली प्रायद्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको बताए।

भेटमा नेपालका लागि उत्तर कोरियाली राजदूत मेनले आफ्नो देशको सर्वोच्च जनसभाले नागरिकका जनअधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराएका थिए। उनले बालबालिकासम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी दिए।

प्रकाशित: ७ असार २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast