आन्तरिकतर्फको हवाई भाडा घट्यो

हिमाल प्रेस ६ असार २०८० २१:०९
14
SHARES
आन्तरिकतर्फको हवाई भाडा घट्यो

काठमाडौँ- आन्तरिकतर्फको हवाई भाडा घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार जारी गरेको सूचनाअनुसार काठमाडौँबाट हुने विभिन्न रुटको भाडा घटेको हो।

सूचनामा उल्लेखअनुसार काठमाडौँबाट धनगढीका लागि ४ सय ५५ रुपैयाँ भाडा घटेको छ। सबैभन्दा कम काठमाडौँबाट सीमराका लागि ९० रुपैयाँ भाडा घटेको छ।

यसअघि मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको थियो।

प्रकाशित: ६ असार २०८० २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =