दुग्ध विकास बोर्ड खारेज गरे सशक्त आन्दोलन गर्ने व्यवसायीको चेतावनी

हिमाल प्रेस ६ असार २०८० १९:५८
2
SHARE
दुग्ध विकास बोर्ड खारेज गरे सशक्त आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौँ- दुग्ध व्यवसायीले राष्ट्रि दुग्ध विकास बोर्ड खारेज गर्नेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघलगायत संस्थाले बुधबार संयुक्त विज्ञप्ति निकाल्दै उक्त चेतावनी दिएका हुन्।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने घोषणा गत जेठ १५ गते गरेको थियो। व्यवसायीले उक्त घोषणाको विरोध गर्दै आएका छन्।

बोर्डले दुग्धजन्य वस्तुले गाउँ र सहर जोडेको तर्क गर्दै बोर्ड खारेज गर्न नहुने माग व्यवसायीको छ। एक हप्ताभित्र उक्त घोषणा फिर्ता नगरे सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरी अगाडी बढने व्यवसायीको भनाइ छ। साथै आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी पनि सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ असार २०८० १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =