काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को स्वीकृतिबिना जनशक्ति थप नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्बाट स्वीकृत दरबन्दीबाहेकको पदमा कुनै पनि प्रक्रियाबाट पदपूर्ति नगर्न निर्देशन दिएको हो।
संघ सरकारलाई अर्थिक भार पर्ने भएकाले लोक सेवा आयोगबाट स्थायी पदपूर्ति समेत नगर्न मन्त्रालयको निर्देशन छ।
प्रकाशित: ५ असार २०८० १२:२९
प्रतिक्रिया