‘बाढी पहिरो पीडितको उद्धार, उपचार र राहतको तत्काल व्यवस्था होस्’

हिमाल प्रेस ५ असार २०८० १२:०५
6
SHARES
‘बाढी पहिरो पीडितको उद्धार, उपचार र राहतको तत्काल व्यवस्था होस्’ माओवादी प्रमुख सचेतक हितराज पाण्डे

काठमाडौँ- सत्तारुढ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढी पहिरोका पीडितहरूलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले तीन वटै तहका सरकारले बाढीपहिरो पीडितलाई राहत, उद्धार र उचित क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्रमुख सचेतक पाण्डेले सो घटनामा परी मृत्यु भएकाहरूप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदनासमेत व्यक्त गरे।

‘हालै ताप्लेजुङ, पाँचथर, संखुवासभालगायत पूर्वी पहाडमा ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछु,’ उनले भने,’मृतकप्रति श्रद्धाञ्जली र परिवारका सदस्यहरुप्रति समवेदन व्यक्त गर्दै सम्पूर्ण प्रभावित परिवारप्रति सहानुभूतिका साथ तीन वटै तहका सरकारलाई तत्काल उद्धार, उपचार, राहत र पुनर्निर्माणको लागि ध्यानाकर्षण गराउन चाहन्छु।’

प्रमुख सचेतक पाण्डेले पीडितहरूलाई पुनर्वासको व्यवस्था गर्न पनि सरकारलाई ढिलाइ नगर्न सचेत गराए।

प्रकाशित: ५ असार २०८० १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =