काठमाडौँ– तोप चरा आकर्षक गुँड बनाउने कलाका लागि प्रसिद्ध मानिन्छन्। यी चराहरूले चरा विज्ञ र प्रकृतिप्रेमीहरूको ध्यान खिच्नछन्।
मेहेनतपूर्वक गुँड बनाएर यी चराहरूले उल्लेखनीय क्षमता प्रदर्शन गर्छन्।
यी चराहरू मुख्यतया एशियाको मध्य र दक्षिणी क्षेत्रहरूमा पाइन्छन्। नेपालमा घाँसे मैदान, सिमसार, उपत्यका र तराई क्षेत्र यिनीहरूको वासस्थानको लागि उपयुक्त मानिन्छ।
यी चराहरूमा भाले जातिले गुँड बनाउने गर्छन्। गुँड बनाउने कौशलका आधारमा उनीहरूले पोथीलाई आकर्षित गर्छन्।
विभिन्न घाँसका लामा र पातला पात र डाँठको प्रयोगबाट यी चराहरूले गुँड बनाउने गर्छन्।
प्रकाशित: ४ असार २०८० १३:५५
प्रतिक्रिया