विद्यालय बन्द गर्ने शिक्षक/कर्मचारीलाई बर्खास्त गर्ने बालेनको चेतावनी

हिमाल प्रेस २ असार २०८० १४:५४
1.4k
SHARES
विद्यालय बन्द गर्ने शिक्षक/कर्मचारीलाई  बर्खास्त गर्ने बालेनको चेतावनी

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरभित्रका विद्यालयमा हडताल गर्ने शिक्षक र कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिएका छन्। आइतबार (असार ३ गते) सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने भन्दै समाचार आइरहेकाले महानगरपालिकाको ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्। सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीले विगत दुई सातादेखि आफ्ना पेसागत अधिकार र सेवासुविधा वृद्धिलगायतका माग राखेर  विभिन्न चरणका आन्दोलन जारी राखेका छन्। सोही क्रममा उनीहरूले विद्यालय बन्दसमेतका कार्यतालिका सार्वजनिक भएपछि बालेनको यस्तो चेतावनी आएको हो।

शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै उनले शिक्षकले बन्द हड्ताल गर्दा विद्यालय व्यवस्थापन समितिले सहयोग गरेमा महानगरपालिकाको शिक्षा ऐनअनुसार समिति विघटन गरिने चेतावनी पनि दिएका छन्।

साथै उनले महानगरभित्रका विद्यालय, शिक्षक र विद्यालयका कर्मचारीलाई नियमित विद्यालय सञ्चालन गर्न निर्देशन पनि दिएका छन्।

परिषद्ले आफ्नो माग सम्बोधन नभएको र त्यसका लागि दबाब दिने उद्देश्यका साथ असार ३ गतेदेखि विद्यालय बन्दको घोषणा गरेको छ। परिषद्ले शुक्रबार प्रेस विज्ञप्ति निकालेर देशभरका मातहतका कार्यसमितिलाई बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ।

प्रकाशित: २ असार २०८० १४:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast