भक्तपुरको डोलेश्‍वर र रत्‍नपार्क रुटमा बस सेवा सुरु

हिमाल प्रेस १ असार २०८० १०:११
10
SHARES
भक्तपुरको डोलेश्‍वर र रत्‍नपार्क रुटमा बस सेवा सुरु फाइल तस्बिर।

काठमाडौँ– भक्तपुरको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा परिचित सूर्यविनायक-८ डोलेश्वर मन्दिरबाट काठमाडौँको रत्नपार्कसम्म शुक्रबार (आज)देखि सार्वजनिक बस सेवा सुरु भएको छ।

केदाननाथको शिरोभाग डोलेश्वर मन्दिरस्थित बसपार्कबाट बिहान ५ बजेदेखि काठमाडौँको रत्नपार्कसम्म सार्वजनिक बस सेवा सुरु भएको सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए।

डोलेश्वरबाट जगाती, सूर्यजिनायक, कोटेश्वर, बानेश्वर, माइतीघर, सहिदगेट हुँदै रत्नपार्क रुटमा आजदेखि प्रत्येक आधा घण्टाको फरकमा डोलेश्वरबाट रत्नपार्कका लागि र रत्नपार्कबाट डोलेश्वरका लागि बस छुट्ने छ।

सार्वजनिक बस सेवा सञ्चालनका लागि सूर्यविनायक नगरपालिका-८ कार्यालय, डोलेश्वर मन्दिर संरक्षण तथा विकास समिति र ख्वप भक्तपुर मिनिबस सेवा समितिबीच त्रिपक्षीय सम्झौता भएको हो। ख्वप भक्तपुर मिनिबस सेवा समितिले दैनिक ८ वटा बस उक्त रुटमा सञ्चालन गर्ने छ।

बागमती प्रदेशसभा सदस्य एवम् स्थानीयवासी किरण थापाले ग्रामीण धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा आजदेखि सुरु भएको सार्वजनिक यातायातको सेवाबाट डोलेश्वर मन्दिर दर्शन गर्न आउने धर्मालम्बीलगायतलाई आवत जावतमा सहज हुने बताए। बस सेवा नियमित रूपमा सञ्चालन नहुँदा असुविधा थियो।

प्रकाशित: १ असार २०८० १०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast