पक्राउ परेका कलाकारलाई आइतबारसम्म हिरासतमा राख्न अनुमति

हिमाल प्रेस ३२ जेठ २०८० १८:४७ | Thursday, June 15, 2023
पक्राउ परेका कलाकारलाई आइतबारसम्म हिरासतमा राख्न अनुमति

काठमाडौँ– बेटिङ प्रचारको आरोपमा पक्राउ परेका कलाकारलाई काठमाडौँ जिल्ला अदालतले आइतबारसम्म हिरासतमा राख्न आदेश दिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेका कलाकार बल्छी धुर्वेसहित ८ जनाविरुद्ध म्याद थप गरिएको हो।

अनलाइन बेटिङ प्लाटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

पक्राउ पर्नेमा कलाकार राजु मास्टर र बल्छी धुर्वे, पवन खतिवडा ‘म्याकुरी’, एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन्।

प्रहरीले पक्राउ परेकाहरूले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वरिष्ठ उपरीक्षक मनोजकुमार केसीले भने, ‘हामीले हामीले ८ जनालाई पक्राउ गरी अनुसन्धानको प्रक्रियामा लिएर गएका छौँ। विभिन्न माध्यमबाट वान एक्सबेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने। त्यसबापत कमिसन पाएको देखिएको छ। यसमा टेलिसिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब भएका युट्युबहरू छन्। यो गैरकानूनी हो। जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुन्छ।’

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ।

धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

प्रकाशित: ३२ जेठ २०८० १८:४७ | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast