उपचारका लागि देउवा सिंगापुरमा

हिमाल प्रेस ३१ जेठ २०८० ९:५४ | Wednesday, June 14, 2023
उपचारका लागि देउवा सिंगापुरमा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका छन्। मंगलबार मध्यरात उनी सिंगापुर पुगेका हुन्।

श्रीमती आरजु राणा भने उपचारको पूर्वतयारीका लागि सोमबार नै सिंगापुर पुगेको उनको सचिवालयले जनाएको छ।

देउवाको सचिवालयका अनुसार नियमित स्वास्थ्य उपचारका लागि उनी सिंगापुर पुगेका हुन्। पेटमा समस्या देखा परे पछि उनी ३ वर्षअघि पनि सिंगापुर गएका थिए। उनले सिंगापुरस्थित अस्पतालमा आँखाको पनि जाँच गराउँदै आएका छन्।

उनी एक सातापछि स्वदेश फर्किने कांग्रेस केन्द्रीय कार्यालय सचिवालयले जानकारी दिएको छ।

प्रकाशित: ३१ जेठ २०८० ९:५४ | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast