लुम्बिनी : नीति तथा कार्यक्रम पारित

हिमाल प्रेस ३० जेठ २०८० २२:०२
लुम्बिनी : नीति तथा कार्यक्रम पारित

काठमाडौँ– लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रदेशसभामा दुई दिनसम्म भएको छलफलमा मंगलबार बसेको दसौँ बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभासमक्ष आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेस गरेका थिए। सभामुख तुलाराम घर्तीले सरकारको प्रस्ताव सदनसमक्ष निर्णयार्थ पेस गर्दा ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम पारित भएको हो।

यसअघि नीति तथा कार्यक्रममा प्रदेशसभामा सत्तापक्ष सांसदले नीति तथा कार्यक्रमको बचाउमा उत्रिए भने सत्ताबाहिर रहेका दलका सदस्यले भने आलोचना गरेका थिए।

बैठकमा नीति तथा कार्यक्रममाथि पाँचजना प्रदेश सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए। उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। नीति तथा कार्यक्रममाथि एमालेका प्रदेशसभा सदस्यले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

एमालेका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णुप्रसाद पन्थी, अर्जुनकुमार केसी, रत्नबहादुर खत्री, वसन्ती न्यौपानेले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

प्रकाशित: ३० जेठ २०८० २२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast