प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज

हिमाल प्रेस ३० जेठ २०८० ११:४७
504
SHARES
प्राश्ना श्रेष्ठले जितिन् एसईई प्रिन्सेस २०२३ को ताज

काठमाडौँ- ‘नामी कलेज एसईई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन्। सिजन मिडियाको आयोजनामा राजधानीमा सोमबार साँझ सम्पन्न कार्यक्रममा विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसईई परीक्षा दिएकी १६ वर्षिया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष ताज जितेकी छन्। त्यस्तै विधागत अवार्डतर्फ मोस्ट ट्यालेन्टको अवार्ड पनि हात पार्न सफल भइन्।

त्यसै गरी फर्स्ट रनरअप अदिती शर्मा भइन् भने उनले विधागत अवार्डतर्फ पर्सनालिटी अवार्ड पनि जित्न सफल भइन्। सेकेण्ड रनरअप अनुष्का श्रेष्ठ भइन्। उनले विधागत अवार्डतफ भिर्योस च्वाइस अवार्ड प्राप्त गरिन्। थर्ड रनरअप लमजुङकी कृतिका श्रेष्ठ भइन् भने उनले भोटीङमार्फत पपुलर अवार्ड पनि प्राप्त गरिन्।

फोर्थ रनरअपको ताज प्रतिस्ना कार्कीले जित्न सफल जितिन्। उनले विधागत अवार्डतर्फ क्रियटिभ अवार्ड पनि जित्न सफल भइन्।

त्यसैगरी अन्य विधागत अवार्डतर्फको ‘सिन्सियर सजना तामाङ, हम्बल प्रसंशा लिम्बु, अनेस्ट आर्सी मर्हजन, प्रिटी श्रीयुती भण्डारी, वेष्ट स्माइल सुमीता महतो, हार्ड ओर्किङ कामना कुमारी खड्का, फोटोजेनिक विशाखा तामाङ, इनोसेन्ट सैयुजा कुँवर, फ्रेष्डसिप एन्जल मर्हजन, स्टाइलिस सलिनता गुरुङ, वेष्टवाक अनु खड्का, कन्फिडेन्ट अश्लेसा सिटौलाले हात पारे।

कार्यक्रममा विजेताहरूलाई प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अवार्ड प्रदान गरे। प्रतियोगीहरूलाई हौसला दिँदै मन्त्री मोदीले यस्ता कार्यक्रमले छात्राहरूको व्यत्तित्व विकास,नेतृत्वको विकासमा भूमिका खेल्ने बताए।

प्रतियोगिताको निर्णायकमा साउथ वेस्टेन स्टेट कलेजका इन्टरनेशनल प्रोग्राम कोअर्डिनेटर सरिता शाक्य प्रधान, नेपाल एयर होस्टेज एकेडेमीका मुख्य प्रशिक्षक नितु थापा, मिसेस ब्यूटी क्वीन विजेताहरू शान्ति लिम्बु र लसता शाक्य, सञ्चारकर्मी श्रद्धा अर्याल, काठमाडौं फोटोग्राफर एसोसीयसनका अध्यक्ष डिगम्बर राजवंशी, फेसन डिजाइनर निशा श्रेष्ठ थिए।

उक्त प्रतियोगितामा सहभागी भएर विजेता हुने प्राश्ना श्रेष्ठले नामी कलेज एसईई प्रिन्सेज २०२३’ को ताज र उपाधिसहित नामी केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाखको छात्रावृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसीप, इमव्यालिस स्टुडीयोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यानलगायत विभिन्न उपहार हात परिन्।

त्यस्तैगरी फर्स्ट रनरअप र सेकेण्ड रनरअपले पनि नामी कलेज र साउथ वेस्टेन स्टेट कलेज, हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज, स्वस्तीश्री आईवि वर्ल्ड स्कुल रेडन कलेजहमा १ लाख बराबरको छात्रावृत्ति साथै नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट स्कलरसिप, इमव्यालिस स्टुडियोको तर्फबाट २० हजारको गिफ्ट भौचर, स्ट्याण्ड फ्यानलगायत विभिन्न उपहार प्राप्त गरेका छन् ।

प्रकाशित: ३० जेठ २०८० ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast