नबिल बैंक र एसियन पेन्ट्स्‌बीच च्यानल फाइनान्सिङ सम्झौता

हिमाल प्रेस २९ जेठ २०८० २०:४०
4
SHARES
नबिल बैंक र एसियन पेन्ट्स्‌बीच च्यानल फाइनान्सिङ सम्झौता

काठमाडौँ- नबिल बैंक र एसियन पेन्ट्स्‌ नेपालबीच सम्झौता गरिएको छ। च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गर्न सोमबार दुई पक्षीय सम्झौता गरिएको हो।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न न्यून धितोमा नबिल बैंकबाट कर्जा पाउनेछन्।

प्रकाशित: २९ जेठ २०८० २०:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =