बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदी, खानेपानीको समस्या

हिमाल प्रेस २६ जेठ २०८० १०:२३
6
SHARES
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदी, खानेपानीको समस्या सांकेतिक तस्बिर।

बागलुङ– जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या देखिएको छ।

कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल १ सय ६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल १ सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र २ नाबालिका रहेका छन्।

कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिल केसीले जानकारी दिए।

‘पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ,’ उनले भने। उनीहरू ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन्। महिला कैदीबन्दीलाई भने हाल समस्या छैन। कारागारमा खानेपानीको समस्या समाधानका लागि खानेपानी आयोजना अघि बढाइएको केसीले बताए।

तित्याङबाट यहाँ खानेपानी ल्याइँदै छ। यसका लागि २० लाख बजेट स्वीकृत भएको छ।

बागलुङ नगरपालिका-९ तित्याङस्थित रिठेखोलाको पानी बागलुङ कारागारमा ल्याउन सरसफाइ तथा खानेपानी डिभिजन कार्यालयले काम गरिरहेको छ। असार मसान्तभित्र कारागारमा मूलको पानी पुग्ने केसीले बताए। खानेपानी अभाव हुँदा कैदीबन्दीलाई सरसफाइ गर्न समस्या थियो।

प्रकाशित: २६ जेठ २०८० १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast