
काठमाडौँ- थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा निःशुल्क ओपिडी सञ्चालन हुने भएको छ। वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले जेठ २७ गते निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो।
शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ।
नेपालीहरूमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो रहकाले सोही तथ्यालाई दृष्टिगत गर्दै ‘वल्र्ड ट्यूमर डे’को अवसरमा डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन्। उनले ब्रेन ट्यूमरका केसहरूमा केन्द्रित भएर बिरामीको चेकजाँच गर्ने बताइएको छ।
प्रकाशित: २५ जेठ २०८० १७:१७
प्रतिक्रिया