‘शिक्षामा बजेट छुट्याउन कन्जुस्याइँ गरेर विद्यालय कर्मचारीलाई हतोत्साहित गरियो’

हिमाल प्रेस २५ जेठ २०८० १६:५७
422
SHARES
‘शिक्षामा बजेट छुट्याउन कन्जुस्याइँ गरेर विद्यालय कर्मचारीलाई हतोत्साहित गरियो’

काठमाडौँ- प्रतिनिधिसभा सदस्य नारायणी शर्माले शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउन कन्जुस्याइँ भएको बताएकी छन्। बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथिको छलफलमा भाग लिँदै शर्माले यस्तो बताएकी हुन्।

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेटले कञ्जुस्याइँ गरेको छ। संविधानमा कम्तीमा २० प्रतिशतको कुरा भएपनि शिक्षामा बजेट करिब १२ प्रतिशतमै सीमित भएको छ। स्वास्थ्यमा पनि पुगेको छैन’, उनले भनिन्।

उनले करको दरहरू वैज्ञानिक र तल्लो वर्गलाई राहत हुनेगरी निर्धारण हुनुपर्नेमा पनि धारणा राखिन्। बजेटलाई उपेक्षित र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिएर सबैको अपनत्व गराइनुपर्नेमा उनले जोड दिइन्। उनले विद्यालय कर्मचारीहरूको हौसला बढाउनको सट्टा हतोत्साहित गरिएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइन्।

यद्यपि बजेटले अहिले परिस्थिति र धरातललाई बुझेर र टेकेर आएको उनको भनाइ छ। बजेट सन्तुलित ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले समस्याको वास्तविक पहिचान गर्न खोजिएको पनि धारणा राखिन्।  समग्रमा बजेटले विषय परिस्थितिलाई चिर्दै समृद्धिको दिशा दह्रोसँग पकड्न सकेको भन्दै उनले सबै मिलेर सफल बनाउनुपर्ने धारणा राखिन्।

बजेटले आर्थिक रूपमा वृद्धि गर्ने सहितका ६ उद्देश्य राखेको र १० प्राथमिकता पनि राम्रो ढङ्गले आएको शर्माले बताइन्।

प्रकाशित: २५ जेठ २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast