नेपालमा सेल्लुसिटीले बेच्दै ‘प्रोमेट’ ब्राण्डका सामग्री

हिमाल प्रेस २५ जेठ २०८० १६:३७
52
SHARES
नेपालमा सेल्लुसिटीले बेच्दै ‘प्रोमेट’ ब्राण्डका सामग्री

काठमाडौँ- नेपाली बजारमा भिभो मोबाइललगायत इलेक्ट्रिोनिक उपकरणको बिक्री वितरण गर्दै आएको ‘सेल्लुसिटी अन्तर्राष्ट्रिय’ कम्पनीले ‘प्रोमेट’ ब्राण्डका सामग्री पनि ल्याउन थालेको छ।

कम्पनीले आफ्ना ग्राहकलाई गुणस्तरीय उपकरण उपलब्ध गराउने उद्देश्यले ताइवानको परिचित ‘प्रोमेट’ ब्राण्डका सामग्री नेपाल भित्र्याएको हो। सन् २०१७ मा स्थापना भएर नेपाली बजारमा प्रवेश गरेको कम्पनीले मोबाइल तथा अन्य प्रविधिका उपकरणको बढ्दो माग पूरा गर्दै आएको बताएको छ।

कम्पनीले आयात गरेका सामान बिक्री तथा वितरणका लागि नेपालभर बलियो सञ्जाल रहेको बताएको छ। साथै अनलाइनमार्फत प्रोमेटका उपकरण बिक्री गर्ने उद्देश्यले सपिङ प्लेटफर्म दराजसँग सहकार्य गरिएको कम्पनीको भनाइ छ।

प्रोमेटका उत्पादन

‘प्रोमेट’ एक ताइवानी ब्राण्ड हो। सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरण उपलब्ध गराउँदै प्रोमेटले स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हबलगायत स्मार्ट वाच उत्पादन गर्दै आएको छ।

नेपालमा ‘प्रोमेट’ का सामग्री ल्याइएको अवसरमा बुधबार (जेठ २४ गते) कम्पनीले कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा कम्पनीका स्मार्ट वाचमा १२ महिनाको वारेन्टी र अन्य उपकरणमा २४ महिनाको वारेन्टी दिने घोषणा गरिएको छ।

त्यस्तै पहिलो ५० जना ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामाग्री ९९ रुपैयाँमा मात्रै उपलबध् गराउने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ।

प्रकाशित: २५ जेठ २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 16 =