‘एलजी ओलेड टीभीको बजार हिस्सा ६० प्रतिशत’

हिमाल प्रेस २४ जेठ २०८० २१:०३
2
SHARE
‘एलजी ओलेड टीभीको बजार हिस्सा ६० प्रतिशत’

काठमाडौँ- एलजी ओलेड टीभीको नेपालका लागि आधिकारिक विक्रेता सीजी इलेक्ट्रोनिक्सले एलजी ओलेड टीभीको बजार हिस्सा ६० प्रतिशत रहेको बताएको छ।

कम्पनीले बजार अनुसन्धान गर्ने संस्था ‘ओम्डिया’लाई उदृत गर्दै कम्पनीले उक्त जानकारी गराएको हो। ‘बजार अनुसन्धान फर्म ओम्डियाका अनुसार कुल ढुवानीबाट बजारको लगभग ६० प्रतिशत हिस्सा ओगटेर २०२३ को पहिलो त्रैमासिकमा एलजी ओलेड बजारमा अरु प्रतिस्पर्धी ब्राण्डहरूभन्दा अघि रहेर शीर्ष स्थानमा छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका अनुसार उक्त टीभी हालसम्म १३० भन्दा बढी देशमा बिक्री भइरहेको छ। ‘एलजी ओलेड टिभी विश्व बजारमा सबैभन्दा धेरै ठाउँमा उपलब्ध ओलेड टिभी हो,’ विज्ञप्तिमा थप भनिएको छ।

गत वर्ष उक्त टीभीको बिक्री सन् २०१३ यताकै बढी भएको र १५ मिलियन इकाई नाघेको कम्पनीको भनाइ छ। एलजीले पहिलो त्रैमासिकमा ७० इन्च र माथिका अल्ट्रा–लार्ज ओलेड टिभीहरूको बजार हिस्सा ७० प्रतिशतभन्दा बढी ओगटेको कम्पनीको भनाइ छ।

यद्यपि गत वर्षको यही अवधिको तुलनामा कम्पनीको विश्वव्यापी टिभी बजार हिस्सा थोरै घटेको कम्पनीले बताएको छ। विश्व बजारमा आएको आर्थिक मन्दी तथा मागको कमी र एलजीको स्टक रिस्क म्यानेजमेन्टमा प्राथमिकता बढेका कारण घटेको कम्पनीको भनाइ छ।

प्रकाशित: २४ जेठ २०८० २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 20 =