संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

हिमाल प्रेस २३ जेठ २०८० २२:०४
4
SHARES
संस्कृति इन्टरनेसनल स्कुलको वाकाथन

काठमाडौँ- संस्कृति इन्टरनेसनल स्कुलले विश्व वातावरण दिवसको अवसरमा वाकाथन कार्यक्रम गरेको छ। वातावरणसम्बन्धी चेतना फैलाउने उद्देश्यले सोमबार कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ।

कार्यक्रममा विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावकको सहभागिता थियो। वातावरण संरक्षणको वकालत गर्दै यस वर्षको ‘प्लास्टिक प्रदूषण रोकौँ’ नारालाई मूल मर्म बनाउँदै विभिन्न सन्देशसहितका ब्यानर र पोस्टर बोकेर वाकाथन गरिएको स्कुलको भनाइ छ।

प्रकाशित: २३ जेठ २०८० २२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast