प्रिमियममा सार्वजनिक सेयर निष्कासन गर्दै आईएमई लाइफ इन्स्योरेन्स

हिमाल प्रेस २३ जेठ २०८० २१:५९
4
SHARES
प्रिमियममा सार्वजनिक सेयर निष्कासन गर्दै आईएमई लाइफ इन्स्योरेन्स

काठमाडौँ- प्रिमियममा सार्वजनिक सेयर निष्कासन गर्ने आईएमई लाइफ इन्स्योरेन्स पहिलो बिमा कम्पनी बनेको छ। धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतिकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत बराबर हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीको भनाइ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ।

प्रकाशित: २३ जेठ २०८० २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =