‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३’को उपाधि प्राइम बैंकलाई

हिमाल प्रेस २३ जेठ २०८० २०:४९
2
SHARE
‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३’को उपाधि प्राइम बैंकलाई

काठमाडौँ- ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३’को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। सोमबार भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो।

फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्य भए। यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र माछापुच्छ्रे बैंकबीच सेमिफाइनल खेल भएको थियो।

सेमिफाइनलमा प्राइम बैंकले एनआइसी एसिया बैंकलाई ३१ रनले हराएको थियो। महालक्ष्मी विकास बैंकलाई माछापुच्छ्रे बैंकले ५ विकेटले हराउँदै फाइनल पुगेको थियो।

१६ टिम सहभागी प्रतियोगितामा सनराइज, एनआइसी एसिया, राष्ट्रि«य वाणिज्य, माछापुच्छ्रे प्राइम कमर्सियल, लुम्बिनी विकास, कामना सेवा र महालक्ष्मी विकास बैंक क्वार्टरफाइनलमा पुगेका थिए।

क्वार्टरफाइनल सनराइज र एनआइएसी एसिया, राष्ट्रिय वाणिज्य र माछापुच्छ्रे, प्राइम र लुम्बिनी विकास तथा कामना सेवा र महालक्ष्मी विकास बैंकबीच भएको थियो।

प्रतियोगिताको विजेता र उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डरलगायत विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको छ।

प्रकाशित: २३ जेठ २०८० २०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =