बालेनको ‘एक्सन’ले खुल्यो ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड्स अस्पतालको बद्‌मासी

हिमाल प्रेस २३ जेठ २०८० १९:०४
308
SHARES
बालेनको ‘एक्सन’ले खुल्यो ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड्स अस्पतालको बद्‌मासी

काठमाडौँ- काठमाडौँ महानगरभित्र सञ्चालनमा रहेका ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड्स अस्पतालले बद्‌मासी गरेको पाइएको छ। काठमाडौँ महानगरपालिकाले गरेको अनुगमनका क्रममा दुवै अस्पतालले मापदण्ड पालना नगरेर बदमासी गरेको पाइएको हो।

ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड्स अस्पतालले स्वास्थ्यसम्बन्धी ऐन र मापदण्ड पालना नगरेको महानगरपालिकाले जानकारी दिएको छ। स्वास्थ्यसम्बन्धी ऐन र मापदण्डअनुसार १० प्रतिशत लक्षित वर्गले पाउनुपर्ने सेवा दुवै अस्पतालले नदिएर बद्‌मासी गरेको महानगरको भनाइ छ।

मंगलबार महानगरको टोलीले महानगरपालिकाभित्रका उक्त दुवै अस्पतालमा अनुगमन गरेको थियो। अनुगमनपछि महानगरका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड्स अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार काम नगरेको पाइएको बताए।

मापदण्ड पालना गरेको नपाइएपछि पहिलो पटकलाई मापदण्डअनुसार सेवा प्रवाह गर्न निर्देशन दिइएको पौडेलले बताए। उनका अनुसार बुधबार उक्त दुवै अस्पताललाई निर्देशनात्मक पत्र पठाउने तयारी गरिएको छ।

निर्देशनपछि अस्पतालले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने र सोहीअनुसार लक्षित वर्गलाई१० प्रतिशत छुट दिने बताएको पौडेलको भनाइ थियो। ‘ओम नर्सिङ होम र हेल्पिङ ह्यान्ड्स दुई अस्पतालमा अनुगमन गरेका छौँ,’ उनले भने, ‘अनुगमनको सिलसिलामा १० प्रतिशत लक्षित वर्गले पाउनुपर्ने निःशुल्क स्वास्थ्य उपचार र निःशुल्क शैय्या छुट्याएको हामीले पाएनौँ। ओम अस्पतालमा ट्याग झुन्ड्याइएकोजस्तो पाइयो भने हेल्पिङ हेम सम्पूर्ण विवरण पाएनौँ।’

काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाहले यसअघि १० प्रतिशत लक्षित वर्गलाई स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार उपचारको मापदण्ड कार्यान्वयनको माग गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर ध्यानाकर्षण गराएका थिए। महानगरपालिकाले निरीक्षणपछि पनि अस्पतालले अटेर गरेमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।

प्रकाशित: २३ जेठ २०८० १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast