‘खप्तड विकास कोष’ बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २३ जेठ २०८० १७:२७
6
SHARES
‘खप्तड विकास कोष’ बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

खप्तड- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तड विकास कोष बनाउने भएका छन्। खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको मंगलबार उद्घाटन गर्दै उनले खप्तड विकास कोष बनाउने बताएका हुन्।

उनले बझाङ, बाजुरा, अछाम र डोटी चारै जिल्लाको संगमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने बताए।

खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार गरिसकेको उनले बताए। ‘खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन,’ उनले भने, ‘अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ। विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ। त्यसपछि यहाँ पर्यटकको ओइरो लाग्नेछ।’

योगगुरु रामदेवले खप्तड अलौकिक क्षेत्र भएको बताए। ‘खप्तड एउटा आध्यात्मिक क्षेत्रका लागि प्रकृतिले दिएको गहनाजस्तै हो,’ उनले भने, ‘अब यसको संसारभर आध्यात्मिक पर्यटनको रूपमा प्रचार हुनेछ।’

भू-स्वर्ग भनेकै खप्तड भएकाले मान्छेले जीवनमा एक पटक पुगनैपर्ने रामदेवको भनाइ थियो। सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको उक्त सम्मेलन बिहीबारसम्म हुनेछ। रासस

प्रकाशित: २३ जेठ २०८० १७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =