प्राविधिक समस्या आएपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो

हिमाल प्रेस २३ जेठ २०८० १३:१७
6
SHARES
प्राविधिक समस्या आएपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फर्कियो फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ।

७२ जना यात्रु बोकेर उडेको जहाजमा ५० माइल टाढा पुगेपछि प्राविधिक समस्या आएको थियो। पाइटलले ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई जानकारी गराएका थिए।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमान काठमाडौँमा अवतरण गराइएको छ। प्रवक्ता सिटौलाले विमानमा प्रेसराइजेसन (जहाज हाई अल्टिच्युटमा हुँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएको बताए।

यात्रुलाई अर्को विमानमार्फत धनगढी पठाइएको छ। श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा प्राविधिक जाँच भइरहेको बताए।

प्रकाशित: २३ जेठ २०८० १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =