दालमा दुई तहको भन्सार तोक्न माग

हिमाल प्रेस २२ जेठ २०८० २२:०३
28
SHARES
दालमा दुई तहको भन्सार तोक्न माग

काठमाडौँ- व्यवसायीले दालमा दुई तहको आयात भन्सार निर्धारण हुनुपर्ने माग गरेका छन्। नेपाल चामल तेल दाल उद्योग संघले सोमबार विज्ञप्ति निकाल्दै दालको कच्चा पदार्थ र तयारी दाल गरी दुई तहमा आयात भन्सार तोकिनुपर्ने माग गरेको हो।

संघका अध्यक्ष सुबोधकुरमार गुप्ताले हस्ताक्षर गरेको विज्ञप्तिमा कच्चा दाल गेडागुडीमा १ प्रतिशत भन्सार र तयारी दालमा १० प्रतिशत भन्सार निर्धारण गर्न माग गरिएको छ। तयारी दाल आयातमा १.५ प्रतिशत अड्भान्स इन्कम ट्याक्स लगाएर नेपाली दाल उद्योग संरक्षण गर्न पनि संघले माग गरेको छ।

प्रकाशित: २२ जेठ २०८० २२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =