काठमाडौँ- ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम गरेको छ। सातै प्रदेशमा वृक्षरोपणसहितका कार्यक्रम गरी दिवस मनाइएको बैंकले जानकारी दिएको हो। ‘एक कर्मचारी, एक विरुवा रोपण’ अभियानअन्तर्गत विभिन्न प्रजातिक उन्नत बोटबिरुवा रोपिएको बैंकको भनाइ छ।
बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाडौँको टोखास्थित लाखे डाँडा, कास्कीको पोखरा रंगशाला परिसर, रूपन्देहीको तिलोत्तमा सामुदायिक पार्क र सुर्खेतको विरेन्द्रनगर चौहान पार्कमा वृक्षरोपण गरेको हो।
वृक्षरोपण कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय नागरिकलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।
प्रकाशित: २२ जेठ २०८० २१:२७
प्रतिक्रिया