कसैको फाइदाबेफाइदाका लागि करका दर परिवर्तन गरेको छैन : अर्थमन्त्री

हिमाल प्रेस २२ जेठ २०८० २१:२०
4
SHARES
कसैको फाइदाबेफाइदाका लागि करका दर परिवर्तन गरेको छैन : अर्थमन्त्री डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैको फाइदाबेफाइदाका लागि करका दर परिवर्तन नगरेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमा कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको बताएका हुन्।

करका दर हेरफेर गर्दा अर्थसचिव, राजस्व सचिव, आन्तरिक राजस्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको मन्त्री महतको भनाइ थियो।

यसअघि अर्थमन्त्रालयले बजेट सार्वजनिक गरेको अघिल्लो रात अनाधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको आरोप मन्त्री महतलाई लागेको छ। राप्रपा ज्ञानेन्द्र शाहीले पनि अनाधिकृत व्यक्तिको प्रभावमा परेर करका दर हेरफेर गरिएको आरोप मन्त्री महतलाई लगाएका थिए।

ज्ञानेन्द्र शाहीको आरोप : बजेट निर्माणमा अर्थमन्त्रीले अनधिकृत व्यक्तिलाई संलग्न गराए

प्रकाशित: २२ जेठ २०८० २१:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + fourteen =