बीवाईडीले रोप्यो १५ सय बिरुवा

हिमाल प्रेस २२ जेठ २०८० १७:१७
2
SHARE
बीवाईडीले रोप्यो १५ सय बिरुवा

काठमाडौँ– नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले १५ सय बिरुवा रोपेको छ।

विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको चखण्डोल सामुदायिक वन क्षेत्रको पुन:स्थापनाका लागि कम्पनीले बिरुवा रोपेको हो। बिरुवा रोप्ने कार्यक्रममा वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, कलाकार हरिवंश आचार्यलगायतले सहभागिता जनाएका थिए।

आचार्य बीवाईडी नेपालका ब्रान्ड प्रवद्र्धकसमेत हुन्। साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले चखण्डोल सामुदायिक वनको पुन:स्थापना गर्न स्थानीयसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताइन्।

उनले भनिन्, ‘बीवाईडी वातावरणप्रति सचेत कम्पनी हो। त्यसले गर्दा हरित एवं दिगो वातावरण निर्माणका लागि सबैको साथ आवश्यक छ।’

प्रकाशित: २२ जेठ २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =