लामिछानेको प्रश्‍न- प्रधानमन्त्री भैँसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?

हिमाल प्रेस २२ जेठ २०८० १३:३३
14
SHARES
लामिछानेको प्रश्‍न- प्रधानमन्त्री भैँसी चढेर आएको विषय रेकर्डबाट किन हटाउने?

काठमाडौँ– राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट भैंसी चढेर बएको विषय संसद्को रेकर्डबाट हटाउन नहुने बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको विषय संसद्को रेकर्डबाट हटाउन जरुरी छैन। प्रधानमन्त्री आफैंले पनि भैंसी चढेर आएको भन्ने अभिव्यक्ति दिइसकेकाले हाम्रो पार्टीका माननीयले बोल्नु भएको शब्द रेकर्डबाट किन हटाउनुपर्ने?,’ उनले प्रश्न गरे।

रास्वपा सांसद शिशिर खनालले संसद् बैठकमा बोल्दै प्रधानमन्त्री भारत भ्रमणबाट फर्किंदा विमानमार्फत पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउनुपर्नेमा भैंसी चढेर आएको टिप्पणी गरेका थिए।

खनालको सो अभिव्यक्तिप्रति नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डले तत्कालै आपत्ति जनाउँदै खनालको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरे।

‘हाम्रो पार्टीको माननीयको अभिव्यक्ति रेकर्डबाट हटाउने हो भने त्यसअघि नै प्रधानमन्त्री स्वयम्ले बोल्नु भएको सोही अभिव्यक्ति पनि हटाउन म सभामुखज्यूसँग माग गर्छु। यदि प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइँदैन भने हाम्रा माननीयको अभिव्यक्ति पनि रेकर्डबाट हटाइनु हुँदैन,’ रविले भने।

प्रकाशित: २२ जेठ २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast