
काठमाडौँ- अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीका माग सम्बोधन गर्न बजेट संशोधन गर्न माग गरेका छन्। दुवै संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बजेट वक्तव्यमा संशोधन गर्न माग गरेका हुन्।
सरकारले शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजन गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताविपरीत शिक्षामा बजेट विनियोजन गरेको, सरकारले यसअघि शिक्षकका संगठनहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको, ईसीडी, साविक उच्च मावि, राहत लगायत शिक्षकलाई दरबन्दी र दरबन्दीअनुसारको तलबसुविधा उपलब्ध गराउन माग गरेको छ।
दुवै संगठनले शिक्षकका माग सम्बोधन गर्न शिक्षा ऐन जारी गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सरकारले माग सम्बोधन आन्दोलन गर्ने चेतावनी उनीहरूको छ।