झापामा गर्मी बढेपछि विद्यालय बन्द

हिमाल प्रेस १८ जेठ २०८० ९:१८
4
SHARES
झापामा गर्मी बढेपछि विद्यालय बन्द

झापा– झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले २ दिन तथा कचनकवल गाउँपालिकाले ५ दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन्।

कचनकवलले आजदेखि जेठ २२ गतेसम्म ५ दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीरा यादवद्वारा जारी सूचनामा उल्लेख छ। बिहीबार (आज)देखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ।

यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण २ दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए। झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो।

प्रकाशित: १८ जेठ २०८० ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast