६२ अंकले बढ्यो नेप्से, परिसूचक २११७ बिन्दुमा

हिमाल प्रेस १० असार २०८० १५:१९ | Sunday, June 25, 2023
६२ अंकले बढ्यो नेप्से, परिसूचक २११७ बिन्दुमा

काठमाडौँ- आइतबार सेयर बजार परिसूचक (नेप्से) ६२.२१ अंकले बढेको छ। कारोबार सुरु भएदेखि लगातार बढेको बजार २११७.७३ बिन्दुमा उक्लिएको छ। नेप्से अघिल्लो साता सुस्त भएको थियो।

यो साताको पहिलो दिनमै बजारमा उत्साह देखिएको छ। आज १८९ कम्पनीको मूल्य बढेको छ। ३२ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रह्यो।

आइतबार २७५ कम्पनीको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ४९ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ। नेप्सेका सबै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

सबैभन्दा बढी जीवन बिमा उपसमूहको सूचक ७.७९ प्रतिशतले बढेको छ। पछिल्लो समयमा बैंकको ब्याजदर घट्दो र लगानीयोग्य रकम पर्याप्त भएपछि बजारमा उत्साह देखिन थालेको छ। आगामी आर्थिक वर्षको बजेट आएको दिन जेठ १५ देखि आजसम्म बजार २२९ अंकले बढिसकेको छ।

प्रकाशित: १० असार २०८० १५:१९ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast