५७ अंकले बढ्यो नेप्से, परिसूचक २१८६ बिन्दुमा

हिमाल प्रेस १२ असार २०८० १५:३७ | Tuesday, June 27, 2023
५७ अंकले बढ्यो नेप्से, परिसूचक २१८६ बिन्दुमा

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) ५७ अंकले बढेको छ। २१३२ बिन्दुबाट सुरु भएर सामान्य उतारचढावका बीच बढेको बजार २१८६.३६ बिन्दुमा उक्लिएको छ।

आज कारोबार भएकामध्ये १८७ कम्पनीको सेयर मूल्य बढेको छ। यसमा सबैभन्दा धेरै कमाइ गर्ने लघुवित्तका लगानीकर्ताहरू छन्। आज लघुवित्त उपसमूहको सूचक ८.९६ प्रतिशतले बढेको छ।

मंगलबार २७५ कम्पनीको १ करोड ३१ लाख ७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। ८० हजार पटक कारोबार हुँदा ५ अर्ब ४७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

कारोबार रकमका हिसाबले आज स्वावलम्बन लघुवित्त पहिलो नम्बरमा रह्यो। यसको २५ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख र सोल्टी होटल लिमिटेडको २२ करोड ४२ लाख रुपैयाँको कारोबार भयो।

प्रकाशित: १२ असार २०८० १५:३७ | Tuesday, June 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast