हुम्लाको सिमकोट गाउँपालिका–३ निमाटाङमा बिहीबार स्थानीयलाई सोलार वितरण कार्यक्रममा सहभागी। तस्बिर : दाने बोहरा/रासस
हुम्ला- हुम्लाको सिमकोट गाउँपालिकामा ४२ घरधुरीलाई निःशुल्क सोलार बत्ती वितरण गरिएको छ। वडा नं ३ को लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो।
कसैले अन्धकारमा रात कटाउन नपरोस् भनेर सोलार सहयोग गरिएको हो। विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसी भएका छन्।
हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन। लिमाटाङ गाउँमै पुगेर सोलार वितरण गरिएको हो। दुई वटा बल्ब, एउटा सोलार पाता, ब्याट्रीसहित सोलार बत्ती वितरण गरिएको हो।
सोलार वितरणमा यूनडीपीलगायतका अन्तर्राष्ट्रिय गैरसकारी संस्थाले गाउँपालिकासँग सहकार्य गरेका छन्। साथै क्यानडामा रहेका पेमा लामाको व्यतिगत आर्थिक सहयोग पनि रहेको छ। रासस
प्रकाशित: १४ असार २०८० २०:३३ | Thursday, June 29, 2023
प्रतिक्रिया



