काठमाडौँ– सन्राइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्जका २० जना व्यक्तिलाई कृत्रिम हातखुट्टा प्रदान गरेको छ। रोटरी क्लब वीरगञ्जमा बिहीबार आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादवले रोटरीका कार्यक्रम संयोजक डा. स्वाश्वत प्रसादलाई यसको लागि २ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
उक्त रकमले २० जनालाई कृत्रिम अंग प्रदान गर्न रोटरीले साथ दिएको थियो। बैंकले बिहीबार नै २० व्यक्तिलाई कृत्रिम अंग प्रदान गरेको छ। सन्राइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम, वित्तीय साक्षरता, पूूर्वाधार निर्माणलगायत क्षेत्रमा काम गर्दै आइरहेको छ।
प्रकाशित: ८ असार २०८० १३:१४ | Friday, June 23, 2023
प्रतिक्रिया




