१७ जिल्लामा फैलियो दादुरा

हिमाल प्रेस ५ असार २०८० ११:४१ | Tuesday, June 20, 2023
१७ जिल्लामा फैलियो दादुरा

काठमाडौँ- काठमाडौँसहित देशका १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाको तथ्यांकअनुसार १७ जिल्लाका एक हजार २१ जनामा दादुरा संक्रमण पुष्टि भएको छ।

दादुरा पुष्टि हुने जिल्लाहरूमा काठमाडौँ, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोट छन्।

दादुरा संक्रमणबाट बच्न जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक दादुराविरुद्धको खोप लगाउनुपर्छ। सरकारले अहिले खोप कार्यक्रम सञ्चालन गरिहको छ। पछिल्लो समय अनपेक्षित रुपमा दादुराको संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

प्रकाशित: ५ असार २०८० ११:४१ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast