मनहरी- हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँको बजेट ल्याएको छ। शनिबार बसेको नगरसभामा नगर उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरे।
आगामी आर्थिक वर्षका लागि खर्च व्यहोर्ने स्रोतका रूपमा आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार रुपैयाँ, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ अनुमान गरिएको छ। त्यस्तै संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ स्रोतका रूपमा उल्लेख गरेको छ। रासस
प्रकाशित: २ असार २०८० १६:१७ | Saturday, June 17, 2023
प्रतिक्रिया



