हलमा ‘परस्त्री’ र ‘सत्यप्रेम की कथा’

हिमाल प्रेस १४ असार २०८० ११:२२ | Thursday, June 29, 2023
हलमा ‘परस्त्री’ र ‘सत्यप्रेम की कथा’

काठमाडौँ– आजदेखि हलहरूमा नेपाली फिल्म ‘परस्त्री’ र बलिउड फिल्म ‘सत्य प्रेम की कथा’ प्रदर्शन भएको छ।

बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ बिहीबारनै प्रदर्शन गर्ने भएपछि ‘परस्त्री’ पनि आजनै प्रदर्शन गरिएको हो। हिन्दीमा समेत डब गरिएको फिल्म भारतमा भोलि (शुक्रबार)देखि मात्र प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।

फिल्मलाई मल्टीप्लेक्सहरूले राम्रो शो दिएका छन्। क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाका हलहरूमा फिल्मले सात शो पाएको छ। विवाहोत्तर सम्बन्धले निम्त्याउने समस्यामा आधारित फिल्मका निर्देशक सुरज पाण्डे हुन्। फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, गीता विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ।

फिल्म दीपेन्द्र के खनालको लेखन, सुरज पाण्डेको निर्देशन, दीर्घ खड्काको सम्पादन र नीरज कँडेलको छायांकनमा बनेको छ। फिल्मका निर्माता शर्मिला पाण्डे हुन्।

कार्तिक आर्यन र कियारा आडवाणीको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘सत्य प्रेम की कथा’का निर्देशक समीर विद्धान्स हुन्। फिल्म कमेडी र ड्रामा जनरामा बनेको छ। क्यएफएक्स सिनेमाअन्तर्गत उपत्यकामा मात्र फिल्मले १७ शो पाएको छ।

प्रकाशित: १४ असार २०८० ११:२२ | Thursday, June 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast