सुनजस्तो दुई किलो धातुसहित रुपन्देहीबाट एक जना पक्राउ

हिमाल प्रेस १० असार २०८० १०:४० | Sunday, June 25, 2023
सुनजस्तो दुई किलो धातुसहित रुपन्देहीबाट एक जना पक्राउ

रुपन्देही– सुनजस्तो देखिने २ किलो धातुसहित रुपन्देहीबाट १ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक दाङको घोराही नगरपालिका- १० का हुमानन्द गिरी रहेको सशस्त्र प्रहरी बल नेपाल बीओपी बयरघाट रुपन्देहीले जनाएको छ।

नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बा.१२ च.३८२० नम्बरको मारुती सुजुकी कारलाई विशेष सूचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर लुकाई लैजादै गरेको अवस्थामा वस्तु फेला पारिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए।

उक्त वस्तु सुन प्रमाणित भएमा १ करोड ८८ लाख २७ हजार रुपैयाँ र गाडीको १५ लाख रुपैयाँ गरी जम्मा २ करोड ३ लाख २७ हजार रुपैयाँ कायम गरी भैरहवा भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

प्रकाशित: १० असार २०८० १०:४० | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast