सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटनामा

हिमाल प्रेस ५ असार २०८० १४:५६ | Tuesday, June 20, 2023
सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटनामा

धनगढी- बझाङमा सुदूरपश्चिमका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट बझाङको चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटनामा परेको हाे।

गाडी सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो। दुर्घटनामा परी मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ। अन्य ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ५ असार २०८० १४:५६ | Tuesday, June 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast