साफ च्याम्पियनसिप : नेपाली टिममा तीन खेलाडी परिवर्तन

हिमाल प्रेस ९ असार २०८० १९:१२ | Saturday, June 24, 2023
साफ च्याम्पियनसिप : नेपाली टिममा तीन खेलाडी परिवर्तन

काठमाडौँ- साफ च्याम्पियनसिपमा शनिबार भारतको सामना गर्न लागेको नेपाली टिममा तीन खेलाडी परिवर्तन गरिएको छ। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले कुवेतसँगको खेलमा पहिलो एघारमा परेका रक्षक विमल पाण्डे, मिडफिल्डर पुजन उपरकोटी र स्ट्राइकर नवयुग श्रेष्ठलाई बेन्चमा राखेका हुन्।

विमलको स्थानमा देवेन्द्र तामाङलाई पहिलो एघारमा राखिएको छ। त्यसैगरी पुजनको ठाउँ विंगर आयुष घलानले लिएका छन्। पहिलो खेलमा आयुष दोस्रो हाफमा मैदान छिरेका थिए। नवयुगलाई भने विमल घर्ती मगरले प्रतिस्थापन गरेका छन्।

अग्रपंक्तिमा विमल र आयुषसँगै अन्जन विष्ट तथा मनिष डाँगी हुनेछन्। त्यसैगरी मिडफिल्ड लाकेन लिम्बु र एरिक विष्टले सम्हाल्नेछन। रक्षापंक्तिको जिम्मा देवेन्द्रसँगै अनन्त तामाङ, रोहित चन्द र सनिष श्रेष्ठलाई दिइएको छ। गोलरक्षकमा कप्तान किरण कुमार लिम्बुले निरन्तरता पाएका छन्।

प्रकाशित: ९ असार २०८० १९:१२ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast