काठमाडौँ- आज (बुधबार) सातवटा संसदीय समितिको बैठक बस्दैछ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो।
समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ।
प्रकाशित: ३१ जेठ २०८० ९:१६ | Wednesday, June 14, 2023
प्रतिक्रिया




