सांसद खतिवडाको प्रश्न : महादेवलाई पूर्वप्रधानमन्त्रीको नामबाट पानी खुवाउने चलन किन परेछ?

हिमाल प्रेस ११ असार २०८० १८:०० | Monday, June 26, 2023
सांसद खतिवडाको प्रश्न : महादेवलाई पूर्वप्रधानमन्त्रीको नामबाट पानी खुवाउने चलन किन परेछ?

काठमाडौँ- नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग उनले जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट पशुपतिनाथलाई पानी खुवाउनुपर्ने हो? भन्दै प्रश्न पनि गरे।

‘जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी हामीले खानुपर्ने रहेछ,’ उनले भने, ‘यो बाध्यता किन गरियो? महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन किन परेछ?’

प्रकाशित: ११ असार २०८० १८:०० | Monday, June 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast