सशस्त्र प्रहरीका जवान प्रहरीको नियन्त्रणमा

हिमाल प्रेस ९ असार २०८० १५:४१ | Saturday, June 24, 2023
सशस्त्र प्रहरीका जवान प्रहरीको नियन्त्रणमा

गलकोट- सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। यातयात व्यवस्था कार्यालय बागलुङले शनिबार माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरीका जवान गणेश कोहिरीलाई पक्राउ गरिएको हो।

पर्वतको कुश्मा नगरपालिका पकुवा घर भई हाल सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत विनोद नेपालीका नाममा प्रयोगात्मक परीक्षामा सहभागी रुपन्देही निवासी सशस्त्र प्रहरी जवान कोहिरीलाई परीक्षास्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मदन केसीले जानकारी दिए।

नक्कली परीक्षार्थी बनेका कोहिरी सशस्त्र प्रहरी बल रुपन्देहीमा कार्यरत छन्। सशस्त्र प्रहरी बलको सहायक हवल्दार पदमा कार्यरत नेपाली कास्कीस्थित सशस्त्र बाहिनीमा कार्यरत छन्। नेपालीलाई अनुसन्धानका लागि बोलाउने तयारी भइरहेको प्रनाउ केसीको भनाइ छ। रासस

प्रकाशित: ९ असार २०८० १५:४१ | Saturday, June 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast