सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा प्रदर्शन हुने

हिमाल प्रेस ३२ जेठ २०८० ११:४० | Thursday, June 15, 2023
सरोज खनाल निर्देशित ‘बगान’ असार २९ मा प्रदर्शन हुने

काठमाडौँ– अभिनेता सरोज खनाल निर्देशित फिल्म ‘बगान’ असार २९ गतेदेखि प्रदर्शन हुने भएको छ।

अभिनता खनालले निर्देशन गरेको यो पहिलो फिल्म हो। खनालकै लेखन रहेको फिल्ममा उनले आफ्नो कलाकारिताको अनुभवलाई निर्देशनमा उपयोग गरेको बताएका छन्।

फिल्ममा निर्देशक खनालसहित नीर शाह, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ।

एकल महिलाको कथामा आधारित फिल्मका निर्माता सुरेश वाग्ले हुन्। फिल्म गौरी शंकर धुन्जुको छायांकन, सन्देश शाहको सम्पादनमा बनेको छ।

निर्माण टिमले यसअघि फिल्मको ‘उडी छुनु छ आकाश’ र ‘तिम्रो सुदर आखा’बोलको गीत सार्वजनिक गरिसकेको छ।

प्रकाशित: ३२ जेठ २०८० ११:४० | Thursday, June 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast